Monday, March 28, 2011

सारङगिको धुन अनि रातको जुन बनि आयौ।।

एकान्तमा रुमल्लिरहदा सारङ्गीको धुन बनि आयौ,
औशिंको अध्यारोमा रातको जुन बनि आयौ।।

दुई मुटु दुई ध्रुव भई बसेको बेला,
सधै साथमा रहन गहना बनि लगाउन,सुन बनि आयौ।।

रक्तसन्चार बिनानै मुटु ढड्कीएको बेला,
शिरा र धमनिमा बग्ने,खुन बनि आयौ।।

विछोडको पिडाले मन मेरो तड्पीएको बेला,
घायलता हटाउने,गुन बनि आयौ।।

एकान्तमा रुमल्लिरहदा सारङ्गीको धुन बनि आयौ,
औशिंको अध्यारोमा रातको,जुन बनि आयौ।।

No comments:

Post a Comment