Tuesday, March 8, 2011

जवानि र प्रेमका कुरा....

लौन मेरो लक्का जवानि पोखिएर जान लाग्यो,
पाकेको जवानिको फल नटोकिएर जान लाग्यो।

प्रेमको चुनावमा प्रेमिकाको उम्मेदारी परेन,
मतपत्र बिनानै लौन बाकस बोकिएर जान लाग्यो।

अमुल्य छ यो जोवन अनि जवानिको नसा,
आज नसामा रक्तसन्चार रोकिएर जान लाग्यो।

तन कालो भए पनि मन मधु जस्तै छ,
लौन जवानीको मोल घट्दै जोखिएर जान लाग्यो।

लौन मेरो लक्का जवानि पोखिएर जान लाग्यो,
पाकेको जवानिको फल नटोकिएर जान लाग्यो।

2 comments:

  1. तत्त्तकालीन समयमा यो गजल सन्दर्भिक भए पनि अहिले त छैन जस्तो लाग्छ । रचना धेरै राम्रो छ । keep it up.

    ReplyDelete